राहत कोषलाई अध्यक्ष न्यौपानेको ५१ हजार सहयोग

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार ०९:२६

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ‘व्यवसायी सदस्य राहत कोष’ मा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर सो सहयोग रकम हस्तान्तरण गरेका हुन्।

व्यवसायीहरूलाई आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले संघले यो कोष स्थापना गरेको हो। अध्यक्ष न्यौपानेले आफू निर्वाचित भएपछि व्यवसायीको हकहित र आपत-विपतमा परेका सदस्यलाई तत्काल सहयोग पुगोस् भनेर यो अभियान सुरु गरिएको बताए। उनले व्यवसाय क्षेत्र जोखिमपूर्ण हुने भएकाले राहत कोषलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।

एक करोडको लक्ष्य राहत कोषका संयोजक एवं वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ ले कोषलाई एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको बताए। जन्मदिन, वैवाहिक वर्षगाँठ र पितृ स्मरणजस्ता अवसर पारेर कोषमा सहयोग जुटाउने अभियान सुरु गरिएको उनले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व अध्यक्ष सुधिरकुमार शिवाकोटीले संघले सुरु गरेको यो कार्य समाजोपयोगी र पुण्यको काम भएको बताए। कार्यक्रममा अध्यक्ष न्यौपानेलाई कदरपत्र प्रदान गरिएको थियो भने सल्लाहकार केदार गिरीले अन्य व्यवसायीलाई पनि यो अभियानमा जोडिन आग्रह गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.