ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र सम्मान

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार ०९:५६

इलाम। सूर्योदय नगरपालिका–८ का ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा उनीहरूको आधारभूत स्वास्थ्य परीक्षण गरिएको छ। वडाका १८० जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको हो भने २० जनालाई विशेष सम्मान गरिएको वडासचिव धीरेन खवासले बताए।

कार्यक्रममा कार्यवाहक मेयर दुर्गाकुमार बरालले ज्येष्ठ नागरिकहरू समाजका अभिभावक भएकाले उनीहरूको अनुभव सुन्नु, सम्मान गर्नु र खुसी राख्नु सामाजिक दायित्व भएको बताए। वडाध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा ज्येष्ठ नागरिक समितिका प्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थिति थियो।

यहाँका ज्येष्ठ नागरिकहरू प्रत्येक महिनाको १५ गते जगदीश्वर महादेव मन्दिरमा भेला भएर भलाकुसारी गर्ने गर्छन्। वडाले ज्येष्ठ नागरिकको स्वास्थ्य र सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.