
विराटनगर । भारतको जोगबनीमा जारी ‘अमन मिश्र मेमोरियल इन्डो–नेपाल’ क्रिकेट प्रतियोगितामा विराटनगरको एग्रोभेट क्रिकेट क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रशान्त क्रिकेट क्लब जोगबनीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगरले कैफ एकेडेमी सिवानलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
टस जितेर ब्याटिङ गरेको सिवानले निर्धारित २१ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार गरेको थियो । सौरभ यादवले ३५ रन र विशाल सिंहले ३१ रन बनाए । विराटनगरका फिर्दोस अन्सारीले ३ विकेट, श्रवण किस्कुले २ विकेट, आदिल अन्सारी र दीपेश कँडेलले समान १ विकेट लिए ।
१ सय ५७ रनको लक्ष्य पाएको विराटनगरले १२ ओभर १ बलमा २ विकेटको क्षतिमा विजयी भयो । तीर्थराज दासले ६५ रन, आदिल अन्सारीले ५५ रन र शाकिव अन्सारीले ३४ रन बनाए । सिवानका तारिक जम्ली र सतिश कुमारले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका आदिल अन्सारी भए ।



















