एथलेटिक्स टोली चीन प्रस्थान

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार २०:३२
एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं । बाह्रौं एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ ।

फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

अफिसियलमा एथलेटिक्स संघका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×