पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १०:२७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हाे ।

उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.