प्रतीकात्मक तस्बिरविराटनगर । संखुवासभाको चैनपुरमा राति आगलागी हुँदा एक घर जलेर पूर्ण क्षति भएको छ । चैनपुर नगरपालिका– १ याङसिजुङका दिलप्रसाद लिम्बूको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गएराति लिम्बूको तीन तल घर पूर्ण रूपमा जले पनि आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय क्षति नभए पनि घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरमा भएको आगलागी प्रहरी र स्थानीयको सहयोगमा ४ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।























