सिडेन मोरङको अध्यक्षमा शुभाषिश कोइराला चयन

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार ११:१७
सिडेन मोरङको अध्यक्षमा शुभाषिश कोइराला चयन

विराटनगर । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स मोरङ (सिडेन) को अध्यक्षमा शुभाषिशलाला कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा भएको पहिलो अधिवेशनले कोइरालाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको सिडेनका कोशी प्रदेश अध्यक्ष भरत न्यौपानेले जानकारी दिए । उनका अनुसार उपसभापति श्याम नारायण यादव, सचिव मदन सिंह, कोषाध्यक्षमा प्रतीक्षा कोइराला निर्विरोध चयन भए ।

त्यसैगरी, सदस्यमा मनमोहन पन्जियार, अमनकुमार राई, रविप्रवेश सिंह, राजन चौधरी, र आकाश साह रहेका छन् । दुई वर्षीय कार्यकालमा सिडेन मोरङका आवश्यक कामहरूमा कार्य समितिले जोड दिने कोइरालाले बताए । कोइरालाले मोरङको विकास तथा पूर्वाधार निर्माणमा ठोस योगदान पुर्‍याउने बताए ।

भारतको बेंगलोरबाट कम्प्युटर साइन्समा इन्जिनियरिङ गरेका कोइराला मुलुकको खेलकुदमा परिचित अनुहार हुन् । विराट सिटी फुटबल क्लबका मालिक रहेका कोइरालाले पछिल्लो समय जाम्बुरे नेक्सस फुटसल सञ्चालन गर्दै आएका छन् । नेपाल सुपर लिगको पहिलो संस्करणमा उनको क्लबले स्तरीय प्रदर्शन गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.