यस्तो रहनेछ देशभरको मौसम

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार ०७:०७

काठमाडौँ । तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा छ।

दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। तराईका अधिकांश भूभागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ।

महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.