टिपरको ठक्करले युवकको मृत्यु भएपछि तनाव

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १२:१०

काडमाडौं। अरनिको राजमार्गअन्तर्गत बनेपामा टिपरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार बनेपाको चाँदनी चोकमा आज बुधबार बिहान भएको दुर्घटनामा स्कूटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो ।

बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। घटनापछि केही समयका लागि राजमार्गमा यातायात अवरुद्ध भएको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.