चुनाव अवधिभर स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १४, बिहीबार १३:०६

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कतामा राख्ने निर्णय भएको छ। निर्वाचन आयोगले मतदानका क्रममा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदाताहरूलाई हुन सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै यस्तो व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको हो।

निर्वाचन आयोगका अनुसार सबै मतदान स्थलमा आकस्मिक स्वास्थ्य सहायता सेवा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई निर्देशन दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका चिकित्सक, स्वास्थ्यकर्मी र औषधिलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनेछ। यसका लागि फागुन १९ गतेदेखि २१ गतेसम्म मतदान केन्द्र रहेका स्वास्थ्य चौकी र सरकारी संरचनाहरू उपयोग गर्ने अनुमति समेत दिइएको छ।

यद्यपि, केही जिल्लाहरूमा भने स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई नै निर्वाचनको काममा खटाइएको छ। स्वास्थ्यकर्मीहरू नै मतदान अधिकृत वा सहायक कर्मचारीका रूपमा खटिँदा ती क्षेत्रमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने जोखिम देखिएको छ। आयोगले निर्वाचनलाई स्वच्छ र सुरक्षित बनाउन सबै सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
नेउपानेलाई सचिवमा बढुवा गर्न न्याय परिषद्को सिफारिस
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×