चुनावी तयारीकै क्रममा मतदान अधिकृतको मृत्यु

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १९, मंगलबार १६:५९

सर्लाही । सर्लाहीमा निर्वाचनको तयारी गर्दै आएका एक जना मतदान अधिकृतको ड्युटीकै क्रममा निधन भएको छ।

सर्लाही क्षेत्र नम्बर २ को पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित आधारभूत विद्यालय मतदान केन्द्र (क) मा खटिएका ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–६ घर भएका महतो बरहथवा स्वास्थ्य चौकीमा सिनियर अहेव पदमा कार्यरत थिए । फागुन २१ गते हुने मतदान प्रक्रियालाई सम्पन्न गराउनका लागि तयारी र छलफलमा जुटिरहेका बेला मंगलबार दिउँसो उनी अचानक बेहोस भएर ढलेका थिए ।

महतो बेहोस भए लगत्तै त्यहाँका सुरक्षाकर्मीहरूले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङवा पुर्‍याएका थिए । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.