२ लाख ४० हजार किशोरीले लगाए पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप

Share this
828shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २७, बुधबार १७:२६

काठमाडौं। नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब २ लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा २ लाख ३७ हजार ९७२ जना किशोरी सहभागी भएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

नियमित खोप लगाउने २ लाख १५ हजार ३१४ जना र गत वर्षको अभियानमा छुटेका २२ हजार ६४८ जना किशोरीले यसपटक खोप सेवा लिएका छन् । डा. गौतमका अनुसार अभियानमा नियमिततर्फ कक्षा ६ मा पढ्ने २ लाख १ हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी छन् ।

यस्तै, गत वर्ष छुटेका र अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्रा तथा ११ देखि १४ वर्षका विद्यालय नजाने ८ हजार ४९ किशोरीले पनि खोप लगाएका छन् । उनीहरूलाई पायक पर्ने विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको थियो । धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट भने विवरण प्राप्त हुन बाँकी रहेको शाखाले जनाएको छ ।

हिमाली भेगका डोल्पा, हुम्ला, जुम्ला र मनाङ जिल्लामा भने विद्यालय बिदा भएका कारण अभियान सञ्चालन हुन सकेन । ती जिल्लामा आगामी चैत महिनामा खोप अभियान सञ्चालन गरिने डा गौतमले बताए । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसबाट बच्न यो खोप प्रभावकारी मानिन्छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×