
काठमाडौं । गत भदौ २३ र २४ मा को जेनजी आन्दोलनको विषयमा छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ । सरकारले गोप्य राखेको प्रतिवेदन जनआस्था साप्ताहिकमार्फत बाहिरिएको हो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।
मुलुकी खबरले जनआस्थामार्फत प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गरेको छ ।

























