विश्व रंगमञ्च दिवस मनाइँदै

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार ०९:०४

काठमाडौं । विश्वभर विश्व रंगमञ्च दिवस आज (शुक्रबार) परेको छ । प्रत्येक वर्ष मार्च २७ तारिखमा पर्ने यो दिवस विभिन्न कार्यक्रमका मनाइँदै छ ।

नाटक तथा रंगमञ्च कलाको महत्वलाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय थिएटर संस्थान (आईटीआई)ले विश्व रंगमञ्च दिवसको अवधारणा अघि सारेको थियो भने सन् १९६२ देखि प्रत्येक वर्ष मार्च २७ लाई विश्व रंगमञ्च दिवसका रूपमा मनाउन थालिएको हो ।

पहिलो विश्व रंगमञ्च दिवसमा फ्रान्सका प्रसिद्ध नाटककार जीन कोक्टोले सन्देश दिएका थिए । यो दिवसले रंगमञ्चलाई मनोरञ्जनको माध्यम मात्रै नभई समाजका विकृति, विसंगति र असमानता उजागर गर्ने सशक्त कलात्मक माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

साथै, सरकार, नीति निर्माता तथा सरोकारवालालाई थिएटर क्षेत्रको सांस्कृतिक तथा आर्थिक महत्वका बारेमा सचेत गराउने अवसरका रूपमा पनि यसलाई लिइन्छ । यस अभियानमा युनेस्कोले समेत निरन्तर सहयोग गर्दै आएको छ ।

नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रम गरी विश्व रंगमञ्च दिवस मनाइँदै छ । नेपाली समाजमा रंगमञ्चलाई जीवनका विविध पक्ष चित्रण गर्ने प्रभावकारी माध्यमका रूपमा लिइन्छ ।

पछिल्लो समय युवापुस्तामा नाटक तथा रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको भए पनि रंगकर्मीहरूको आर्थिक अवस्था भने अझै चुनौतीपूर्ण रहेको बताइन्छ । रंगमञ्चले समाज रूपान्तरणमा पुर्‍याउने योगदानलाई स्मरण गर्दै यो दिवस विश्वभर उत्साहका साथ मनाइँदै छ ।

तपाइको प्रतिक्रिया
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
दसैँ मनाएर काठमाडौं फर्किने बढे, उपत्यका भित्रिने नाकामा सवारी चाप
युरोपमा गर्मीका कारण १५ हजारको मृत्यु
चीनमा ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्दै विद्यादेवी भण्डारी
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×