ओली पक्राउको विषय एमालेले संसदमा उठाउने

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १७, मंगलबार १५:५४

काठमाडौं। नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई प्रतिनिधि सभाको बैठकमा सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत १९ गतेका लागि बोलाइएको सङ्घीय संसदको बैठकमा ओलीको गिरफ्तारीको विरोध गर्ने र उक्त मुद्दालाई प्रमुखताका साथ राख्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेले सरकारको यो कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रही ठहर गर्दै यसको सदन र सडक दुवैतर्फबाट प्रतिवाद गर्ने रणनीति तय गरेको छ ।

महासचिव पोखरेलका अनुसार एमालेले अध्यक्ष ओलीलाई गैरकानुनी ढङ्गले हिरासतमा लिइएको भन्दै सडक आन्दोलनका कार्यक्रमहरूलाई पनि निरन्तरता दिने भएको छ ।

बैठकले वर्तमान सरकारले प्रतिपक्षी नेताहरूलाई लक्षित गरी दमनकारी नीति अख्तियार गरेको निष्कर्ष निकाल्दै यसका विरुद्ध राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । एमालेले आफ्ना कार्यकर्ता र शुभचिन्तकहरूलाई सरकारको स्वेच्छाचारी कदमविरुद्ध गोलबन्द हुन समेत आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–३ बाट सर्वाधिक मतसहित डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित
१२ विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभाको दोस्रो अधिवेशन
चलचलित्र विकास बोर्ड अध्यक्षको दौडमा पहारी, १२ जनाको आवेदन
सरकारी संरचनाको अनिवार्य बिमा गर्न सांसदहरूको माग
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×