नेपालमा सेलाइन उत्पादन संकट : लागत मूल्यभन्दा सस्तोमा बेच्नुपर्ने बाध्यता

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १७, मंगलबार १७:४८

विराटनगर । इरान–अमेरिका र इजरायल युद्धका कारण नेपालका सेलाइनजन्य औषधिको उत्पादन गर्ने उद्योगमा गम्भीर संकट देखा परेको छ ।

विश्वव्यापी रूपमा बढ्दो तनाव र युद्धका कारण कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र नेपाल सरकारको पुरानो मूल्य नीतिका कारण स्वदेशी सेलाइन (स्लाइन) उद्योग संकटमा परेका हुन् । मोरङको बूढीगंगास्थित सेलाइन उद्योग एलेक्सा लाइफ साइन्सेसका निर्देशक दिनेश ठाकुरका अनुसार हाल नेपालमा तीनवटा उद्योगले स्लाइन उत्पादन गरिरहेका छन् ।

Advertisement

केही कम्पनीले विदेशबाट यसको आयात गर्दछन् । तर, अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथलले गर्दा स्वदेशी उत्पादन र आपूर्ति दुवैमा गम्भीर असर गरेको ठाकुरले बताए । उनका अनुसार लागत मूल्यभन्दा सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले २०६४ सालमा ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको थियो । सोही सूचीमा ५०० एमएलको ‘नर्मल सेलाइन’ को मूल्य ४५ रुपैयाँ तोकिएको थियो ।

अचम्मको कुरा त के छ भने, विगत १८ वर्षको अवधिमा बजारमा सबै वस्तुको मूल्य आकासिए पनि सेलाइनको सरकारी बिक्री मूल्य भने अझै ४५ रुपैयाँ नै छ । कच्चा पदार्थको मूल्यवृद्धि हुँदा उत्पादनमा असर परेको उनले बताए ।

कुनै पनि औषधि उद्योगले सरकारले तोकेको भन्दा बढी मूल्यमा औषधि बेच्न पाउँदैनन् । कानुनी अड्चनका कारण उद्योगीहरूले लागत अनुसारको मूल्य समायोजन गर्न नसकेको ठाकुरको भनाइ छ ।

दिनेश ठाकुर । निर्देशक, एलेक्सा लाइफ साइन्सेस

उनका अनुसार सेलाइन उत्पादनमा प्रयोग हुने ६० प्रतिशत कच्चा पदार्थ प्लास्टिकजन्य हुन्छन् । बोतल, क्याप, र्‍यापरदेखि कार्टुन बाँध्ने रिबनसम्म प्लास्टिकबाटै बन्छन् । उनका अनुसार पछिल्लो केही दिनयता कोरियाले मेडिकल ग्रेडको प्लास्टिक दानाको अर्डर लिन बन्द गरेको छ ।

कोरियाबाट आयात रोकिएपछि भारतबाट कच्चा पदार्थ ल्याउन खोज्दा नेपालको व्यापार नीतिका कारण समस्या देखिएको उनले बताए । ‘तेस्रो मुलुकमा बनेको सामान भारतबाट ल्याउन नपाइने र भारतमै उत्पादित कच्चा पदार्थको मूल्य पनि अत्यधिक बढेको छ,’ उनले भने, ‘पहिले प्रति किलो २१४ रुपैयाँ पर्ने प्लास्टिक दानाको मूल्य अहिले भारतमा ४०० रुपैयाँ पुगेको छ ।’

उनका अनुसार अवस्था सामान्य हुँदा एक बोतल नर्मल सेलाइन उत्पादन गर्न ३५ रुपैयाँजति खर्च लाग्थ्यो । जसलाई ४५ रुपैयाँमा बेच्दा उद्योग चल्न सक्थ्यो । तर, अहिले उत्पादन लागत नै बढेर प्रति बोतल ५० रुपैयाँ नाघेको उनले बताए । ‘लागत ५० रुपैयाँ र बिक्री मुल्य ४५ रुपैयाँ हुँदा समस्या भयो,’ ठाकुरले भने, ‘उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको छ ।’

अन्य व्यवसायमा लागत खर्च बढेसँगै बिक्री मूल्य समायोजन गर्न पाइने भए पनि औषधिमा त्यो सुविधा छैन । नेपाल सरकारले मूल्य समायोजन नगरे नेपालमा सेलाइनको उत्पादन पूर्ण रूपमा ठप्प हुन सक्ने ठाकुरले बताए ।

उनले भने, ‘सेलाइनको मूल्य १८ वर्षदेखि बढेको छैन । उत्पादन लागत बढिरहेको छ । लागत मूल्यभन्दा सस्तोमा सेलाइन बेच्नुपर्ने बाध्यताका कारण उद्योगहरु संकटमा गएका छन् ।’ नेपालमा एलेन्सा, एभरेष्ट र लोमस गरेर तीनवटा सेलाइन उद्योग छन् ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले पछिल्लो तनावले औषधि र कच्चा पदार्थ आयातमा देखिएको समस्याको अध्ययन भइरहेको बताए । औषधिको मूल्य समायोजनको विषय छलफलको क्रममा रहेको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
भारी वर्षको सम्भावनाः सरकार पूर्वतयारीमा
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×