विवेक र नैतिकता: सार्थक जीवनका आधार स्तम्भ

Share this
737shares
मुलुकी खबर
तोमनाथ उप्रेती
clock२०८२ चैत्र २१, शनिबार १२:१२

मानव जीवनको वास्तविक उन्नति दीर्घकालीन र सार्थक प्रगति त्यतिबेला मात्र सम्भव हुन्छ, जब जीवन नैतिकता र विवेकजस्ता शालीन मूल्यहरूद्वारा निर्देशित हुन्छ। मानव आचरणलाई सही र गलतको कसीमा घोटेर हेर्ने आधार नैतिकता हो भने उचित निर्णय लिन सघाउने आन्तरिक चेतना विवेक हो। यी दुई तत्वको उचित समन्वय भएमा मात्र मानिसले आफ्नो जीवनलाई सही दिशामा डोऱ्याउन सक्छ।

वर्तमान समयमा मानिसहरू तात्कालिक फाइदा र भौतिक सुखको पछाडि अन्धधुन्ध कुदिरहेका छन्। यस्तो तीव्र प्रतिस्पर्धात्मक समाजमा नैतिकतालाई बिर्सने र विवेकलाई बन्धक राख्ने प्रवृत्तिले सामाजिक अविश्वास र मानवीय मूल्यहरूको क्षय गराइरहेको छ। केवल प्राप्तिलाई मात्र सफलता मान्ने सोचले गर्दा मानिस आफ्नो मूल आदर्शबाट टाढा भइरहेको अवस्थामा सफलता प्राप्तिको तरिका पनि उत्तिकै सम्मानजनक हुनुपर्ने कुरामा जोड दिनु आवश्यक देखिन्छ।

विवेकले मानिसलाई क्षणिक लोभ र भावनात्मक आवेगबाट जोगाएर सूक्ष्म विश्लेषण गर्ने क्षमता प्रदान गर्छ। यसले केवल सफल मात्र नभई सार्थक जीवनको मार्ग प्रशस्त गर्छ। अर्कोतर्फ नैतिकताले मानिसलाई आफ्नो कर्तव्यप्रति इमानदार र समाजप्रति उत्तरदायी बनाउँछ। विवेकले बाटो देखाउने काम गर्छ भने नैतिकताले त्यो बाटोमा अडिग रहने साहस र स्थिरता दिने गर्दछ।

अन्ततः उन्नत जीवन बाह्य उपलब्धिमा मात्र नभएर आन्तरिक शान्ति र आत्मसन्तोषमा अडिएको हुन्छ। जब मानिसले आफ्नो अन्तर्मनलाई जितेर विवेक र नैतिकतालाई जीवनको मूल मन्त्र बनाउँछ, तब मात्र उसले गरिमामय जीवन प्राप्त गर्न सक्छ। नैतिक कर्म र विवेकशील विचारको सन्तुलनले नै व्यक्ति, परिवार र समग्र राष्ट्रलाई समृद्ध बनाउन मद्दत पुऱ्याउँछ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×