पाँचतारे होटल इच्छा अब ‘लेमन ट्री’को व्यवस्थापनमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १७:२०

काठमाडाैं । अन्तर्राष्ट्रिय होटल चेन‘लेमन ट्री’ले बाराको सिमरामा रहेको पाँचतारे होटल ‘होटल इच्छा लिमिटेड’को व्यवस्थापन गर्ने भएको छ । सिमराको होटल इच्छा र भारतको लेमन ट्री होटल बीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालय हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा होटल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब होटल इच्छा ‘लेमन ट्री होटल’ को ब्रान्ड नाममा सञ्चालन हुने होटल इच्छा लिमिटेडका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जानकारी दिए । सम्झौताले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाई छ ।  अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने प्रबन्ध निर्देशक वाग्लेले बताए ।

लेमन ट्रीले काठमाडौंमा होटल र चितवनमा रिसोर्ट सञ्चालन गर्दै आएको छ । विराटनगरमा लेमन ट्रीले पाँचतारे होटल सञ्चालनको तयारीमा गरेकाे छ । विराटनगर भृकुटी चोकमा निर्माण गरिएको होटल बैशाखमा उद्घाटन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.