
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौं प्रदेश सभा आज विराटनगरमा हुँदैछ ।
आठौं प्रदेश सभाले महासंघ कोशीको नयाँ नेतृत्व चयन गर्नेछ । आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजालले उम्मेदवारी घाेषणा गरिसकेका छन् । राउत दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा छन् भने रिजालले दाबेदारी प्रस्तुत गरेका हुन् ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेकाे छ । सहमति हुन नसकेको खण्डमा दुई पक्षबीच निर्वाचनमार्फत नेतृत्व छनोट हुनेछ ।



















