महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल सिफारिस

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १६:४१

काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेलको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रपति कार्यालयले कँडेलको नाम सिफारिस भई आएको पुष्टि गर्दै नियुक्तिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो। सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने महान्यायाधिवक्ताको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.