नयाँ प्रतिनिधिसभा नियमावली बनाउने सर्वदलीय बैठकको निर्णय

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १३:३०

काठमाडौं। सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ। बैठकले हालको प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गरी नयाँ स्वरूप दिने निर्णय गरेको हो।

यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए। बैठकले संसद्को कामकारबाहीलाई क्रमिक रूपमा डिजिटल बनाउँदै लैजाने र तत्कालका लागि कागज र डिजिटल दुवै माध्यम प्रयोग गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, सबै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरी २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने बरालले बताए।

उनले संविधानको प्रयोगमा देखिएका चुनौतीहरूका विषयमा एमालेले सदनमार्फत आवाज उठाउने उल्लेख गरे। कानुनको परिपालनाका विषयमा कुनै विवाद नगर्ने बताउँदै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले सशक्त आवाज बुलन्द गर्ने धारणा राखे। बैठकमा संसद्लाई जनमुखी र प्रभावकारी बनाउने विषयमा विभिन्न दलका नेताहरूबीच छलफल भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.