
काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सिफारिस गरिएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग डेपुटी गभर्नरका सम्भावित नामहरूका बारेमा छलफल गरेका थिए।
मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका चार जनामध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने सम्भावना रहेको छ। यसअघि गभर्नर पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यसबारे परामर्श गरिसकेका छन्।
सिफारिसमा परेका नामहरूका बारेमा औपचारिक जानकारी नदिइए पनि राष्ट्र बैंकभित्रका वरिष्ठ र कार्यसम्पादनमा अब्बल रहेका कार्यकारी निर्देशकहरू नै यस दौडमा रहेको स्रोतले जनाएको छ। सरकारले सम्भवतः आजै यी पदहरूमा नियुक्ति गरी राष्ट्र बैंकको उच्च व्यवस्थापनलाई पूर्णता दिने तयारी गरेको छ।



















