
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद्को बैठकपछि यस निर्णयबारे जानकारी दिएकी हुन्।
नेपाल राष्ट्र बैंकमा लामो समय कार्यकारी निर्देशकका रूपमा कार्यरत रहेका डा. भट्टसँग आर्थिक तथा योजना तर्जुमाको राम्रो अनुभव छ।
सरकारले मुलुकको आगामी आर्थिक योजना र विकासका रणनीतिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन अनुभवी अर्थशास्त्रीका रूपमा डा. भट्टलाई यो जिम्मेवारी सुम्पेको हो।



















