सेयर बजार : कारोबार रकम ६ अर्ब ७३ करोडमा सीमित

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १६:११

काठमाडौं । अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर बजार मंगलबार भने सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६१ अङ्कले घटेर २७५७ अङ्कमा कायम भएको छ।

कारोबारको सुरुवाती १० मिनेटमा नेप्से २७९२ अङ्कसम्म पुगे पनि ११:५० बजेपछि बजार ओरालो लाग्न सुरु गरेको थियो। सोमबार १० अर्ब ९२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ६ अर्ब ७३ करोडमा सीमित भएको छ। बजारमा सूचीकृत १७५ कम्पनीको मूल्य घट्दा ८२ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकहरूमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढ्यो भने व्यापार समूह १.८८ प्रतिशतले घट्यो। हाइड्रोपावर, बैंकिङ र अन्य समूहमा झिनो सुधार देखिए पनि निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, विकास बैंक र फाइनान्स लगायतका समूहको सूचक ओरालो लागेका छन्।

मंगलबार भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन गरी ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै त्रिशूली जलविद्युत्‌को मूल्य ८.६३ प्रतिशतले बढ्यो। झापा इनर्जीको मूल्य भने सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेको छ। आज ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् लगायतका कम्पनीको सर्वाधिक कारोबार भयो।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.