न्याय परिषद्को निर्णय : न्यायाधीश सारु सैनिक विशेष अदालतको अध्यक्षमा सिफारिस

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार २०:५४

काठमाडौं । न्याय परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ। बुधबार बसेको परिषद्को बैठकले न्यायाधीश सारुलाई अदालतको कामकाजसमेत गर्ने गरी सो जिम्मेवारी दिन सिफारिस गरेको हो।

यस्तै, काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालत पाटनका अर्का न्यायाधीश टंकप्रसाद गुरुङलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरिएको छ। परिषद्ले गुरुङलाई पनि हालको अदालतको कामकाजसमेत गर्ने गरी तोक्न सिफारिस गरेको हो।

बैठकले उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यलाई अस्थायी इजलास ओखलढुंगामा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै, काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईलाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।

परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश श्यामकुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय समेत गरेको छ।

तपाइको प्रतिक्रिया
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.