
विराटनगर । तपाईं कतिको बोल्नु हुन्छ ? कतै पहिलेको तुलनामा कम बोल्न थाल्नुभएको त छैन ?
एउटा अध्ययनले मानिसहरु कम बोल्न गरेको तथ्य बाहिर ल्याएको छ । सन् २००५ को तुलनामा सन् २०१९ मा मानिसहरु कम बोल्ने गरेको पाइएको हो । यसरी कम बोल्नेहरुमा युवाहरुको संख्या ठूलो छ ।
यो अध्ययन एउटा जर्नरमा छापिएको थियो । एरीजोना विश्वविद्यालयका प्रोफेसर मथाएस मेलले यो अध्ययनमा लगभग बाईस सय मानिस सहभागी थिए ।
शोधकर्ताका अनुसार पहिले मानिसहरू दिनमा लगभग सोह्र हजार सात सय शब्द बोल्थे सन् २०१९ मा घटेर बाह्र हजार पाँच सय रह्यो । तर, सन् २०१९ पछिको डेटा भने उपलब्ध छैन । तर शोधकर्ता २०१९ पछि पनि यसको डेटा मा कुनै खास परिवर्तन नआएको बताउँछन् ।
यो अध्ययनले युवाहरु लगातार कम बोल्दै छन् भन्ने देखाएको थियो । प्रोफेसर मेलका अनुसार यसको असर सामाजिक सम्बन्धहरूमा पर्न सक्छ ।’



















