‘वार्ताको नतिजाले चिन्ता छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार ०९:१४

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको इस्लामावादमा भएको अमेरिका–इरान वार्ताको परिणामप्रति आफू चिन्तित नभएको बताएका छन् ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका कुनै पनि सम्भावित द्वन्द्वका लागि तयार र सैन्य क्षमतामा अग्रस्थानमा रहेको दाबी गरे । उनले इरानसँगको शक्ति सन्तुलनबारे टिप्पणी गर्दै इरानको नौसेनामा १५८ जहाज रहेको र २८ वटा माइन ड्रपर भए पनि ती धेरै पहिले नै नष्ट भइसकेको दाबी गरे ।

Advertisement

ट्रम्पका अनुसार समुद्री सुरक्षाका लागि आवश्यक केही उपकरणहरू मात्र बाँकी रहेको र अमेरिकाले आफ्ना माइन स्वीपरहरू तैनाथ गरिसकेको छ । यसैबीच, शनिबार इस्लामावादमा भएको अमेरिका–इरान वार्तामा कुनै ठोस सहमति हुन नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।

वार्ता असफल भएपछि पनि अमेरिकाको रणनीतिमा परिवर्तन नआएको ट्रम्पको संकेत छ । इरानसँगको सम्बन्ध र क्षेत्रीय सुरक्षा विषयमा तनाव कायमै रहँदा अमेरिकाको पछिल्लो अभिव्यक्तिले अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.