कोपी शर्मा ओलीको शल्यक्रिया सुरु

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १२:१५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकाले)का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी निकाल्न शल्यक्रिया सुरु गरिएको छ ।

ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मा सोमबार बिहान शल्यक्रिया थालिएको हो । अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार ओलीलाई बिहान अप्रेसन थिएटरमा लगिएको थियो । त्यसलगत्तै शल्यक्रिया प्रक्रिया सुरु गरिएको हो ।

Advertisement

‘शल्यक्रिया सम्पन्न भएपछि अस्पतालले आधिकारिक विवरण सार्वजनिक गर्नेछ,’ उनले भने । अस्पताल स्रोतका अनुसार शल्यक्रिया डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा भइरहेको छ । चिकित्सकहरूको टोलीले ओलीको पित्तथैलीमा रहेको करिब २२ मिलिमिटरको पत्थरी निकाल्ने तयारी गरेको बताइएको छ । उक्त पत्थरीका कारण पछिल्लो समय उनलाई पेट दुख्ने तथा अन्य स्वास्थ्य समस्या देखिँदै आएको थियो ।

ओलीलाई यसअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी चैत १३ गते भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेपछि सोही दिन उपचारका लागि शिक्षण अस्पताल ल्याइएका थिए । त्यसयता चिकित्सकहरूको निगरानीमा उनको स्वास्थ्य परीक्षण र उपचार हुँदै आएको थियो ।

चिकित्सकहरूका अनुसार पित्तथैलीमा पत्थरी देखिएपछि शल्यक्रिया नै उपयुक्त विकल्प ठहर गरिएको थियो । सोही आधारमा आज शल्यक्रिया सुरु गरिएको हो । अस्पतालले शल्यक्रिया सम्पन्न भएपछि ओलीको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

राजनीतिक रूपमा महत्वपूर्ण व्यक्तित्व रहेका ओलीको शल्यक्रियालाई लिएर राजनीतिक वृत्तमा पनि चासो देखिएको छ । अस्पताल स्रोतका अनुसार शल्यक्रिया सामान्य प्रक्रियाअनुसार भइरहेको छ । चिकित्सक टोलीले आवश्यक सबै सावधानी अपनाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
भारी वर्षको सम्भावनाः सरकार पूर्वतयारीमा
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×