
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) नयाँ वर्षका दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । भाउ वृद्धि भएसँगै सुन तोलाको ३ लाखनजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । भाउ बढेसँगै सुनको मूल्य तोलाको २ लाख ९९ हजार ८ सय रूपैयाँ पुगेको छ । सुनको मूल्य सोमबार प्रतितोला २ लाख ९६ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १६५ रुपैयाँले वृद्धि भएको छ । भाउ बढेसँगै चाँदी ५ हजार ६५ रुपैयाँ प्रतितोला पुगेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ४ हजार ९ सय रुपैयाँ थियो ।



















