श्रम स्वीकृति पुनः खुला

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार १४:४१

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति पुनः सुरु गरिएको हो ।

अमेरिका–इजरायल र इरानको तनावका कारण पहिले सुरक्षा जोखिम देखाउँदै श्रम स्वीकृति स्थगित गरिएको थियो । हाल सम्बन्धित देशको अवस्था मूल्यांकन र परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिमको सिफारिसपछि निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि खाडी तथा पश्चिम एसियाका अन्य देशका लागि पनि क्रमशः श्रम स्वीकृति खुला गरिसकिएको थियो । इराकका सम्बन्धमा भने पुरानो निर्णय अनुसार प्रक्रिया अघि बढाइने बताइएको छ ।

मन्त्रालयले ती देशमा रहेका नेपाली कामदारको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सतर्कता अपनाइएको स्पष्ट पारेको छ । परिस्थितिको नियमित अनुगमनपछि मात्र बाँकी श्रम स्वीकृतिबारे थप निर्णय हुने जनाइएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बनाउन निरन्तर निगरानी र समन्वयलाई अझ सुदृढ बनाइने जनाएको छ । साथै, वैदेशिक रोजगारका नयाँ अवसर पनि खुल्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.