डिजेल र मट्टितेल महँगियो, पेट्रोल स्थिर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०६:०४

काठमाडौं । सरकारले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य बिहीबार बिहान १ बजेदेखि लागू भएको हो । निगमले भारतीय बजारबाट उच्च दरमा इन्धन आयात हुन थालेपछि मूल्य समायोजन गर्नु परेको जनाएको छ ।

Advertisement

बढेको मूल्यअनुसार अब डिजेल र मट्टितेल पहिलो वर्गमा २३४.५० रुपैयाँ, दोस्रोमा २३६ रुपैयाँ र तेस्रोमा २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ । यद्यपि, मूल्य बढाएपछि पनि डिजेलमा अझै करिब ९९ रुपैयाँभन्दा बढी घाटा रहेको निगमको दाबी छ ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाएर २५६ रुपैयाँ पुर्‍याइएको छ । तर, पेट्रोल भने अघिकै २१६.५० रुपैयाँ प्रतिलिटरमै कायम राखिएको छ ।

निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । यसअघि चैत २६ गते पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.