विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार ०६:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तथा युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा एवं बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.