विराट गोल्डकपः सम्राटको इतिहास रच्ने योजनामा झापाको चुनौती  

Share this
851shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ४, शुक्रबार १८:३३
विराट गोल्डकपः सम्राटको इतिहास रच्ने योजनामा झापाको चुनौती  

विराटनगर । विराटनगरमा जारी ३८ औँ विराट गोल्डकपको उपाधिका लागि पूर्वविजेता झापा ११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब शनिबार खेल्दै छन् । तेस्रो पटक फाइनल पुगेको झापाले एक पटक उपाधि जितेको छ । सम्राट पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै फाइनलमा पुगेको हो ।

शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । झापा दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई नै हराएर उपाधि जितेको थियो भने ०७२ सालमा पुलिससँग फाइनलमा पराजित भएको थियो ।

यस पटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।
पहिलो पटक प्रतियोगितामा भाग लिएको सम्राटले उच्च मनोबलका साथ फाइनलमा पुगेको छ । उसले क्वाटर फाइनलमा पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्टस एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–१ कै गोल अन्तरमा  पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए । ‘पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठुलो उपलब्धि हो,’ चौधरीले भने, ‘झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रूपमा उत्कृष्ट छन् । घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्ने छौँ ।’ उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारी समेत दिए ।

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए ।

झापा ११ का टिम व्यवस्थापक गणेश खड्काले आफू खेलाडी हुँदा र प्रशिक्षकका रूपमा यो प्रतियोगिताको उपाधि जितेको बताए । यस पटक पनि उपाधि जित्ने बताएका खड्काले, ‘आफैँले यही मैदानमा खेलेर उपाधि जितेको अनुभव छ । खेलाडी र प्रशिक्षक हुँदा उपाधि जितेको अनुभव छ । तर, अहिले म छुट्टै भूमिका टोली व्यवस्थापमा आइरहँदा त्यो इतिहासलाई कायम गर्दै उपाधि जित्ने कुरामा पूर्ण रुपमा विश्वस्त छु ।  हामीसँग तीन जना विदेशी खेलाडी छन् । सम्राटलाई हामीले कमजोर ठानेका छैनौँ । उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन् । त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ ।’ शनिबार हुने फाइनल खेलमा दर्शकहरूको व्यापक उपस्थिति हुने विश्वास लिएको उनले बताए ।

झापाका कप्तान पुजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रो पटक झापा लैजाने विश्वास व्यक्त गरे ।

चैत २८ देखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो । शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.