सुनसरीबाट बिल बिजकविहीन काँचो केरासहित चार जना पक्राउ

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ५, शनिबार ०६:४१

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ठूलो परिमाणमा बिल बिजकविहीन काँचो केरा बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ ।

अवैध रूपमा ढुवानी भइरहेको केरासहित उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङ उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेका प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरका दुईवटा पिकअप गाडीलाई शंका लागेर जाँच गरेको थियो । जाँचका क्रममा आवश्यक बिल बिजक कागजात नभएको ठूलो परिमाणको काँचो केरा फेला परेपछि चालकसहित चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको केराको अनुमानित मूल्य ११ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ । बरामद केरा र नियन्त्रणमा लिइएको सवारी साधन एवं पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध कोशी ब्यारेज पठाइएको जानकारी प्रहरीले दिएको छ । प्रहरीको घटनाको थप अनुसन्धान पनि गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.