अध्यक्षको राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार अर्थ मन्त्रालयमा पुगेर औपचारिक रूपमा राजीनामापत्र बुझाएका हुन् । श्रेष्ठले आफूले स्वेच्छाले पद त्यागेको स्पष्ट पार्दै सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले मार्ग प्रशस्त गरेको बताएका छन् ।

Advertisement

उनका अनुसार वर्तमान परिस्थितिमा संस्थालाई अघि बढाउन नयाँ नेतृत्व आवश्यक ठानेर आफूले यस्तो निर्णय लिएको हो । उनले आफ्नो कार्यकालमा बोर्डलाई सुधार र सुदृढीकरण गर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनको राजीनामापछि अब नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु हुने छ । सरकारले चाँडै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.