इटहरी गोल्डकपको उपाधिका लागि मोरङ र  प्लानिङ खेल्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार ०६:२४
इटहरी गोल्डकपको उपाधिका लागि मोरङ र  प्लानिङ 

इटहरी । इटहरीमा जारी १६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड पुगेको छ ।

उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेडलेले सोमबार युवा समाज मोरङसँग खेल्ने छ । शनिबार राति भएको खेलमा प्लानिङ ब्वाइजले ललितपुरको सातदोबाटो युथ क्लबलाई ६–१ को गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

Advertisement

प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले ह्याट्रिकसहित व्यक्तिगत ४ गोल गरे भने रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल गरे । एक मात्र सान्त्वना गोल सातदोबाटोका सकल रेग्मीले गरे ।

खेलमा प्लानिङ ब्वाइजका फागुराम थारु प्लेयर अफ म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.