कर्मचारीलाई अब १५–१५ दिनमा तलब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०६:४४

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरूलाई अब महिनामा दुई पटक तलब दिने नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने निर्णय गरेका हुन् ।

हालसम्म कर्मचारीहरूले महिनाको अन्त्यमा एकमुष्ट तलब पाउने व्यवस्था रहेको थियो । तर, नयाँ निर्णयअनुसार अब प्रत्येक १५ दिनमा तलब वितरण गरिनेछ । यो व्यवस्थालाई कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।

Advertisement

सरकारले कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापन सहज बनाउन र महिनाको बीचतिर पर्ने आर्थिक दबाब कम गर्न यस्तो निर्णय लिइएको जनाएको छ । साथै, यो निर्णयले बजारमा नगद प्रवाह पनि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.