निगम अगाडि प्रदर्शन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १७:०२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै युवाहरूले काठमाडौंस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा सोमबार बबरमहलस्थित निगम परिसरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले हटाएपछि बाहिरै नाराबाजीसहित प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ‘प्रहरी दमन मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

Advertisement

उनीहरू निगममा धर्ना बस्दै ज्ञापनपत्र बुझाउने तयारीमा थिए । तर, पूर्वसमन्वय नभएको भन्दै प्रहरीले हस्तक्षेप गरेर परिसर खाली गराएको छ ।

अभियानका सहसंयोजक अजय सोडारीले आफूहरू समन्वय गरेरै पुगे पनि अनावश्यक रूपमा रोकिएको आरोप लगाए । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनयापन महँगो बनाएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।

छिमेकी देशहरूमा मूल्य स्थिर रहँदा नेपालमा बढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलन जारी रहने चेतावनीसमेत युवाहरुले दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.