सुनको मूल्य ३ लाख नाघ्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १०:५९

विराटनगर । नेपाल बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ। बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी ३० रुपैयाँ प्रतितोला घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १  हजार ३ सय रुपैयाँमा कायम भएको जनाएको छ । यसअघि सोमबार सोही परिणाम बराबर सुनको मूल्य २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

उता, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ६० रुपैयाँ कायम भएको । सोमबार सोही परिणाम बराबरको चाँदी ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.