नेप्से झिनो ओरालो, कारोबार ७ अर्ब नाघ्यो

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ९, बुधबार १६:३१

काठमाडौं । बुधबार दिनभर उतारचढावको दबाबमा रहेको सेयर बजार अन्ततः सामान्य गिरावटसहित बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २.९५ अंकले घटेर बन्द भए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेर ७ अर्ब नाघेको छ । जसले बजारमा लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत दिन्छ ।

बुधबार कुल ३४२ वटा स्क्रिप्समा कारोबार भएको थियो । १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । जसको तुलनामा बुधबारको कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो ।

कारोबारमा संलग्न कम्पनीहरूमध्ये १२१ वटाको सेयर मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसले बजारमा मिश्रित प्रवृत्ति देखिए पनि घट्ने कम्पनीको संख्या केही बढी रहेको स्पष्ट हुन्छ ।

तीनवटा कम्पनीका लगानीकर्ताले उच्च लाभ कमाएका छन् । पाल्पा सिमेन्ट इन्डस्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टका सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा पुगेका हुन् । यी कम्पनीहरूमा लगानीकर्ताको आकर्षण उच्च देखिएको थियो ।

यता, होटल फोरेस्ट इनका लगानीकर्ताले भने सबैभन्दा ठूलो नोक्सानी बेहोरेका छन् । उक्त कम्पनीको सेयर मूल्य १०.७५ प्रतिशतले घटेको छ । जसले लगानीकर्तामा निराशा थपेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रो पावर कम्पनी अग्रस्थानमा रह्यो । यस कम्पनीको ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग्स मिल्सले ३२ करोड, सोलु हाइड्रोपावरले ३१ करोड, होटल फोरेस्ट इनले २८ करोड र एसवाइ प्यानल नेपालले २६ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

उपसूचकतर्फ हेर्दा पाँचवटा समूहमा वृद्धि देखिएको छ भने बाँकी समूहहरू ओरालो लागेका छन् । बैंकिङ, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र नन–लाइफ इन्स्योरेन्स समूहका उपसूचक बढेका हुन् ।

नेप्से सामान्य रूपमा घटे पनि कारोबार रकममा आएको वृद्धि र केही कम्पनीमा देखिएको तीव्र उछालले बजारमा लगानीकर्ताको चासो अझै उच्च रहेको देखाउँछ । बजारमा स्थायित्वको खोजी जारी रहँदा आगामी दिनमा सूचकको दिशा कस्तो रहन्छ भन्ने विषयमा लगानीकर्ता प्रतीक्षारत देखिएका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.