सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार २०:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरेको एक विशेष अनुसन्धानले सेयर बजारको चलखेलमा बीमा कम्पनीहरूको अर्बौँ रुपैयाँ ‘फन्ड’ दुरुपयोग हुने गरेको सनसनीपूर्ण तथ्य फेला पारेको छ ।

बोर्डको सुपरीवेक्षण विभागको प्रतिवेदनअनुसार व्यवसायी दीपक भट्ट र उनको समूहले विभिन्न बीमा कम्पनीको करिब ४ अर्ब रुपैयाँ दुरुपयोग गरी धितोपत्र बजारलाई प्रभावित पारेको देखिएको छ ।

Advertisement

अनुसन्धानअनुसार भट्टको समूहले आफूहरूकै मुख्य सेयर हिस्सा रहेका बीमा कम्पनीहरूको रकम प्रयोग गरी सेयरको मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने गरेको पाइएको छ ।

भट्टले सुरुमा व्यक्ति तथा निजी कम्पनीका नाममा सस्तोमा सेयर खरिद गर्ने र पछि कृत्रिम रूपमा मूल्य बढाएर ती सेयरहरू आफ्नो प्रभावमा रहेका पब्लिक लिमिटेड कम्पनी (बीमा कम्पनी) लाई महँगोमा भिडाउने गरेको बोर्डको निष्कर्ष छ ।

यस कार्यमा भट्टले ३ अर्ब ८० करोड रुपैयाँको उधारो सेयर कारोबार गरेको र भृकुटी स्टक ब्रोकिङ कम्पनीले अग्रिम रकम विनै कारोबारको सीमा उपलब्ध गराएको देखिएको छ ।

बोर्डले यस प्रकरणका मुख्य पात्रका रूपमा दीपक भट्ट र भृकुटी स्टक ब्रोकिङका सिइओ संदिप चाचानलाई उभ्याएको छ । उनीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ विपरित बजार प्रभावित पार्ने र जालसाजीयुक्त कारोबार गरेको ठहर गर्दै बोर्डले भृकुटी स्टक ब्रोकिङलाई निलम्बन गरेको छ ।

साथै, यस कार्यमा सहयोगी भूमिका खेल्ने हिमालयन रि-इन्स्योरेन्स, नेपाल रि-इन्स्योरेन्स, विभिन्न माइक्रो इन्स्योरेन्सहरू र प्रतिष्ठित व्यापारिक घरानाका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको छ ।

प्रतिवेदनमा राजबहादुर शाह, शेखर गोल्छा, शुभी अग्रवाल, ऋषिराज मोर लगायतका व्यक्तिहरू र विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरूको संलग्नता देखिएको उल्लेख छ ।

बोर्डले यो अनुसन्धान प्रतिवेदनलाई ऐतिहासिक निर्णय भन्दै बीमा प्राधिकरण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि पत्राचार गरिसकेको छ । यसले पुँजी बजारमा हुने संस्थागत अनियमिततालाई नियन्त्रण गर्न र सर्वसाधारणको लगानी सुरक्षित गर्न मद्दत पुग्ने बोर्डका अधिकारीहरूको विश्वास छ ।

तपाइको प्रतिक्रिया
सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष
कोशी प्रदेशको आगामी बजेट: ‘प्रोजेक्ट बैंक’ बाहिरका योजनाले बजेट नपाउने
हिरासतमा विकको मृत्यु: दलित आयोगद्वारा निष्पक्ष छानबिनको माग
इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.