
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तथा युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा तय गरिएको छ ।
युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा तोकिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा एवं बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा तय गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकले ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















