विश्वमा आर्थिक मन्दीको जोखिम बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ०७:५५

एजेन्सी । वाशिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व आर्थिक वृद्धि दर घट्ने चेतावनी दिएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जाको मूल्यवृद्धि र ढुवानी अवरोधले विश्व अर्थतन्त्र कमजोर हुँदै गएको कोषको विश्लेषण छ ।

आईएमएफको बैठकपछि सार्वजनिक गरिएको मूल्यांकन अनुसार द्वन्द्वको अवस्थाले तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको छ । तुलनात्मक रूपमा सहज अवस्थामा द्वन्द्व छिट्टै अन्त्य हुने र २०२६ को दोस्रो भागपछि तेलको मूल्य सामान्य हुने अनुमान गरिएको छ ।

Advertisement

यस अवस्थामा तेलको औसत मूल्य करिब ८२ अमेरिकी डलर रहने र विश्व आर्थिक वृद्धि करिब ३ दशमलव ४ प्रतिशतमा सीमित रहने देखाइएको छ । तर, द्वन्द्व लामो समयसम्म जारी रहेमा तेलको मूल्य १०० डलरसम्म पुग्ने र विश्व वृद्धि दर २ दशमलव ५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

सबैभन्दा गम्भीर अवस्थामा भने तेलको मूल्य अझ बढ्दै आर्थिक वृद्धि २ प्रतिशतमा खुम्चिन सक्ने र विश्व मन्दीको जोखिम नजिकिने चेतावनी दिइएको छ । आईएमएफका प्रमुख अर्थशास्त्रीले ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताले पूर्वानुमानसमेत पुरानो हुन सक्ने संकेत गरेका छन् । यससँगै मुद्रास्फीति पनि बढेर ६ प्रतिशतभन्दा माथि पुग्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

क्षेत्रगत रूपमा अमेरिका, युरोप र जापानको वृद्धि सुस्त रहने अनुमान छ भने चीनको वृद्धि पनि केही घट्ने देखिएको छ । विकासोन्मुख देशहरूमा भने असर अझ धेरै पर्ने बताइएको छ ।

यसबीच भारतको आर्थिक वृद्धि भने तुलनात्मक रूपमा मजबुत रहने प्रक्षेपण गरिएको छ । विश्वमा आर्थिक मन्दीको जोखिम बढेको भन्दै आईएमएफले सरकारहरूलाई इन्धन मूल्य नियन्त्रणका नाममा अनावश्यक हस्तक्षेप नगरी लक्षित र सीमित नीति अपनाउन सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.