कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १४:३१

विराटनगर । भोजपुरमा आयोजना हुने दोस्रो प्रदेशस्तरीय अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इलामका खेलाडीहरू त्यसतर्फ प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन (आईटीएफ) नेपालको आयोजनामा वैशाख १२ र १३ गते भोजपुर सदरमुकाममा यो प्रतियोगिता हुन लागेको हो।

Advertisement

जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लिम्बूको नेतृत्वमा इलामबाट ११ जना खेलाडी भोजपुर गएका हुन्। जसमा प्रज्ञा सदन स्कुलका ५ जना विद्यार्थी खेलाडीहरू समेत सहभागी छन्। विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने यी खेलाडीहरूलाई प्रज्ञा सदन स्कुलले एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ।

बिदाइ कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष कल्पना ओली, कार्यकारी निर्देशक विकास कर्माचार्य र प्रिन्सिपल सी.एम. गुरागाईँले खेलाडीहरूलाई शुभकामना दिए।

अनुशासित भएर आफ्नो खेल कौशल प्रदर्शन गर्न र सफलता प्राप्त गर्न हौसला दिँदै उनीहरूलाई बिदाइ गरिएको हो। प्रतियोगितामा प्रदेशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.