
काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई तोक्ने निर्णय गरेको छ ।
वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सैनिक अदालतको कामकाज समेत गर्नेगरी अध्यक्ष तोक्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सारूले अब सैनिक विशेष अदालतको नेतृत्व सम्हाल्नेछन् ।
यस्तै, उच्च अदालत पाटनका अर्का न्यायाधीश टंकप्रसाद गुरुङलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । उनलाई पनि सम्बन्धित समितिको कामकाज समेत गर्नेगरी जिम्मेवारी दिइएको हो ।



















