ठेक्का ‘ह्याकिङ’ प्रकरण : थप दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १७:२१

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गतको इ–गभर्मेन्ट प्रोक्युरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ‘ह्याकिङ’ गरेर ठेक्का हत्याउनेहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ईन्को प्रा.लिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रा.लिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरेको हो ।

Advertisement

यसअघि यही प्रकरणमा कालिका कन्ट्रक्सन प्रा.लिका सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे र भीषण कन्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठलागायत पक्राउ परिसकेका थिए । हालसम्म पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

प्रहरीका अनुसार ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का प्रक्रियासम्बन्धी संवेदनशील विवरण हेरफेर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाले सार्वजनिक खरिद प्रणालीको डिजिटल सुरक्षा र ठेक्का प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । अनुसन्धानका क्रममा थप विवरणहरू खुल्दै जाने सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

‘भीआईपी’ ठेकेदार पक्राउ परेपछि निर्माण क्षेत्रमा हलचल, को को छन् प्रहरीको राडारमा ?

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.