‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १९:०५

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्वविशिष्ट व्यक्ति (भीआईपी) हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च पाउने कानुनी व्यवस्था खारेज गरिदिएको छ । सोमबारको संवैधानिक इजलासले संविधान र जनस्वास्थ्य ऐनसँग बाझिएको भन्दै यस्तो उपचार खर्च व्यहोर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजलासले सो फैसला सुनाएको हो ।

Advertisement

सरकारले ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३’ को दफा १२(१) बमोजिम पूर्वविशिष्ट व्यक्तिहरूलाई विदेशमा उपचार गराउन राज्यकोषबाट रकम उपलब्ध गराउँदै आएको थियो । यसरी सुविधा पाउनेहरूमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वमन्त्रीदेखि पूर्वसांसद र पूर्वसंवैधानिक पदाधिकारीसम्म पर्दथे ।  उक्त कार्यविधि नेपालको संविधान र जनस्वास्थ्य ऐन, २०७५ सँग बाझिएको भन्दै सर्वोच्चमा रिट दायर भएकाे थियाे ।

सर्वोच्चको यो फैसलासँगै अब पूर्वपदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी हुनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, जनस्वास्थ्य ऐनले रोक लगाए पनि कार्यविधिका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी पूर्वविशिष्टहरूलाई वैदेशिक उपचार खर्च दिने अभ्यास भइरहेको थियो । अब कार्यविधि नै खारेज भएपछि त्यो बाटो बन्द भएको छ ।

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको उपचार खर्च सम्बन्धी प्रावधान सर्वोच्चले यथावत राखेको छ । ऐनमा मेडिकल बोर्डको सिफारिसमा नेपालमा उपचार हुन नसक्ने भएमा मात्र वैदेशिक उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ । सर्वोच्चले कार्यविधि खारेज गरे पनि फैसलाको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.