विमान दुर्घटनामा १४ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १०:२०

एजेन्सी । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सिटीलिङ्क एभिएसनद्वारा सञ्चालित सानो यात्रुवाहक विमान दुर्घटनामा परेपछि विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

खराब मौसम र कम भिजिबिलिटीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दक्षिण सुडान नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार उक्त विमान येई क्षेत्रबाट राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडान भर्ने क्रममा थियो । उडान सुरु भएको करिब ३० मिनेट नपुग्दै सोमबार बिहान ९ः४३ बजे विमानसँगको सम्पर्क अचानक विच्छेद भएको बताइएको छ ।

Advertisement

त्यसपछि गरिएको खोजी तथा समन्वयका क्रममा विमान जुबाबाट करिब २० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्राधिकरणले पुष्टि गरेको छ । दुर्घटनापछि तत्काल उद्धार टोली र सुरक्षाकर्मीहरू घटनास्थलतर्फ परिचालन गरिए पनि विमानमा रहेका १३ यात्रु र १ पाइलट सबैको मृत्यु भइसकेको थियो ।

विमानमा रहेका यात्रुहरूमा दुई जना केन्याली नागरिक र बाँकी १२ जना दक्षिण सुडानी नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । दक्षिण सुडानमा पछिल्ला वर्षहरूमा उड्डयन सुरक्षा सम्बन्धी चुनौती बढ्दो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.