जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १६:५९

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । आइतबार बिहान करिब १० बजे स्थानीय तेज बहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।

बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र ८ जना बालबालिका रहेका छन् । जंगली च्याउ खाए लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो ।

Advertisement

भद्रपुरमा प्रारम्भिक उपचार गरिए पनि थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ । बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । वर्षायाम सुरु भएसँगै उम्रिने जंगली च्याउ विषालु हुन सक्ने भन्दै पहिचान नगरी सेवन नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
मुहर्रममा नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
नक्कली हतियार देखाई त्रास फैलाउने एक युवक पक्राउ
देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा वर्षाको सम्भावना
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : कारागारभित्रको ‘साम्राज्य’देखि सम्पत्ति शुद्धीकरणसम्म
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट 
कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
९ लाख रूपैयाँ बढीको अवैध सामान भन्सार बुझाइयो, २ लाख ७७ हजार बराबरको नष्ट
महान्यायाधिवक्ता कँडेलको योग्यता विवादमा सर्वोच्चको नयाँ आदेश
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण : भट्ट र अग्रवालको फाइल मगाइयो
चिया व्यापार फेरि लयमा, भारततर्फ निर्यात सुरु
पीआर र डिभी लिने ४ कर्मचारी कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.