महिलाको हातमा पञ्चेबाजा: संस्कृति संरक्षणसँगै आत्मनिर्भरताको बाटो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ११:५०
महिलाको हातमा पञ्चेबाजा: संस्कृति संरक्षणसँगै आत्मनिर्भरताको बाटो

विराटनगर । कुनै समय आधुनिक ब्याण्ड बाजाको बढ्दो प्रभावका कारण लोपोन्मुख अवस्थामा पुगेको मौलिक पञ्चेबाजा अहिले मोरङका महिलाहरूको सक्रियतामा पुनर्जीवित बनेको छ। विराटनगर र सुन्दरहरैँचाका महिलाहरूले परम्परागत नौमती बाजाको संरक्षण गर्दै यसलाई व्यावसायिक आम्दानीको स्रोत बनाउन सफल भएका छन्।

विगतमा निश्चित समुदाय र पुरुषले मात्र बजाउने परम्परा रहेको यो बाजा अहिले सबै जातजाति र महिलाहरूको साझा पेसा बनेको छ। विवाह, व्रतबन्ध र अन्य शुभ कार्यमा पञ्चेबाजाको माग बढेपछि महिलाहरूले समूह नै बनाएर यसलाई व्यवसायका रूपमा अघि बढाएका हुन्। उनीहरूले बाजाको धुनमा भजन, लोकगीत र चर्चित सिनेमाका गीतहरू बजाएर सबैलाई मनोरञ्जन दिने गरेका छन्।

Advertisement

अहिले विराटनगरमा ‘नारी नौमती बाजा समूह’ र ‘जागरुक महिला नौमती बाजा समूह’ लगायतका थुप्रै टोलीहरू सक्रिय छन्। यी समूहहरूमा सबै जातजातिको समावेशी सहभागिता रहेको छ। विराटनगर–३ की सरस्वती खनालका अनुसार उनको वडामा मात्र ३–४ वटा यस्ता महिला समूह सञ्चालनमा छन्। समूहमा अधिकांश महिला भए पनि आवश्यकता अनुसार बाजा बजाउन निपुण एक–दुई जना पुरुषलाई समेत टोलीमा सामेल गराउने गरिएको छ।

समाजको परम्परागत सोचलाई चिर्दै अघि बढेका यी महिलाहरूका लागि घरपरिवारको साथ नै मुख्य प्रेरणा बनेको छ। ‘घरपरिवारबाट पूर्ण साथ पाएका कारण नै हामीले बाजा बजाउन सिक्यौँ र व्यवसायका रूपमा अघि बढायौँ,’ खनालले भनिन्। बेरोजगार भएर घर बस्नुभन्दा सीप सिकेर केही गरौँ भन्ने सोचले आफूहरू अघि बढेको र लोप हुन लागेको बाजालाई जीवन्त राख्न पाउँदा खुसी लागेको उनले बताइन्।

अहिले पञ्चेबाजाको लोकप्रियता यति बढेको छ कि विवाहको सिजनमा यस्ता समूहहरू निकै व्यस्त हुने गरेका छन्। एउटा कार्यक्रमको प्रकृति हेरेर टोलीले ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्। आधुनिक ब्याण्ड बाजालाई विस्थापित गर्दै मोरङका महिलाहरूले सुरु गरेको यो अभियानले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

तपाइको प्रतिक्रिया
पार्टी एकताका नाममा विराटनगरमा कांग्रेसको गुट भेला
विश्वकप लिग २ : स्कटल्याण्डसँग २ रनले हार्याे नेपाल
मलाई हटाउने निर्णय मुर्खतापूर्ण : सिटौला
विराटनगरमा देउवा–सिटौला समूहको भेला : केदार कार्की गए, सभापति थापा देखिएनन्
अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, सनाखत हुन बाँकी
रास्वपामाथि बादलको प्रहार : ‘अध्यादेशमार्फत न्यायतन्त्रमा कब्जा गर्ने दाउ’
संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम
सेनाद्वारा च्याम्ताङ-घोङ्गप्पा सडक हस्तान्तरण, उत्तर-दक्षिण व्यापारमा सहज हुने
विकल्पविहीन उठिबासको विरोधमा भूमिहीन काठमाडौंमा, रास्वपालाई बुझाए १२ बुँदे माग
५८ सांसदले बुझाए सम्पत्ति विवरण, जेठ १० भित्र बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.